देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठकमा मन्त्री खोज्दा खोज्दै हैरान

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरी ४० जना सदस्य छन् । तर सबै मन्त्री व्यवस्थापिका संसदप्रति जिम्मेवार नदेखिएको पाइएको छ । संसदमा बिहीवारको एउटा घटनाले संसदप्रति मन्त्रीहरु बिल्कुलै जिम्मेवार नरहेको देखाएको छ। संसद बैठकमा सरकारका प्रतिनिधिका रुपमा एक मन्त्री अनिवार्य उपस्थित हुनैपर्ने नियम छ ।

त्यो नियमलाई ख्यालै नगरी मन्त्रीहरु व्यक्तिगत ढंगले हिँडेको पाइएको छ ।  विहीवार जब संसद बैठक सुरु भयो, त्यतिबेला केही मन्त्रीहरु देखिएका थिए। तर केही समयपछि मन्त्रीको सिटमा कोही पनि देखिएनन्। बिहीवार निर्धारित समयभन्दा एक घण्टा ढिलो संसदको बैठक बसेको थियो ।  नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ मा तीन दिनदेखि सैद्धान्तिक छलफल जारी रहेकाले सो प्रायोजनकै लागि बिहीवार संसद बैठक बोलाइएको थियो ।

सैद्धान्तिक छलफलमा सांसदहरुले आआफ्ना धारणा राख्ने क्रम बिहीवार दिउँसो २ देखि साढे ४ बजेसम्म चलेको थियो । संसद बैठक बसेको एक घन्टापछि नै मन्त्रीहरु बहिरिसकेका थिए । सैद्धान्तिक छलफलका क्रममा मन्त्री खोज्न दुईपटक कर्मचारी खटिनु परेको थियो ।  राजधानी दैनिकमा समाचार छ।
 

]]>