देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन फेरेर मनमोहनका नाममा व्यापार गर्ने दाउ

देशान्तर

काठमाडौं । सरकारले सहकारीबाट सञ्चालित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुप दिन हतारहतार चोरबाटोबाट प्राविधिक महाविद्यालयसम्बन्धी नीति परिमार्जन गर्न लागेको छ । सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ नीति बनाउने प्रतिबद्धता जनाउँदै चिकित्सा शिक्षाको विकृति विरुद्ध सात पटक अनशन बसेका डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गरेको थियो ।

ती सम्झौताअनुरुप बनेका समितिले तयार पारेको प्रतिवेदनसुमेत बुझिसकेको सरकारले फेरि पनि मनमोहन कलेजलाई नै सम्बन्धन दिने गरी चोरबाटोबाट पुरानै नीतिका बाझिने सर्त हटाउन लागेको  छ ।

स्रोतका अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पताललाई एमबिबिएस एमडीलगायत कोर्स पढाउने बाटो खोल्नकै सम्भावित सबै चोरबाटो पहिल्याउनेक्रममा यस्तो परिमार्जन गर्न लागेको हो । नागरिक दैनिकमा समाचार छ । 

]]>