देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अघि बढ्यो साउदीसँग श्रम सम्झौता

देशान्तर

काठमाडौं । लामो समयदेखि श्रम सम्झौता नगरी कामदार जाने गरेको साउदीमा बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ ।

श्रम सम्झौता नगरी कामदार वैदेशिक रोजगारीमा जाँदा आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी सरकारले सहमित जनाउँदै यही पुस २७ र २८ गते नेपाली टोलीलाई साउदी बोलाएको छ ।

श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन साउदी सरकारले मिति तय गरेर नेपाली टोली बोलाएपछि श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक टोली रियाद जाने तयारीमा जुटेको छ । 

साउदीमा हुने दुवै देशका प्राविधिक टोलीले छलफल गरेपछि श्रम सम्झौताको अन्तिम मिति तय हुने कार्यक्रम छ । नागरिक दैनिकमा समाचार छ।

]]>