देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साइकलमन्त्रीको गाडी मोह

देशान्तर

काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान आफूलाइ साइकल मैत्री सावित गर्न आक्कलझुक्कल साइलकमै मन्त्रालय, संसद र औपचारिक कार्यक्रममा देखिन्छन्। आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै कसरत गरेपनि वास्तविकता अर्कै छ।

प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्डलाई समेत वातावरणमैत्री अभियान भन्दै साइकल दिएर चर्चा कमाउन खोजेका पासवानका आँखा मन्त्रालय मातहतका विभाग, आयोजना, परयोजनका राम्रा, महँगा र सुविधायुक्त गाडीमा गाँडेका छन्।

मन्त्रालयमा दईवटा झण्डावाल गाडी हुँदा हुँदै पासवानले जल तथा मौसम विज्ञान विभागअन्तर्गत परियोजनाको बा २ झ ९७९ नम्बरको स्कार्पियो मन्त्रालयमा तानेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>