देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजा विरेन्द्रको सम्पत्तिमा अझै विवाद

देशान्तर

काठमाडौं । छाउनीस्थित सरकारको नाममा आउनु पर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो ।

१० जेठ ०६२ मा दाइजोका रुपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको, तर नेपाल ट्रस्टले सरकारीकरण गर्न खोजेको भन्दै प्रेरणाले सर्वोच्च अदालतसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको हो ।  नेपाल ट्रस्टविरुद्ध अदालत गएककी सिंहको पक्षमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीस चोलेन्द्रशमशेर राणाले ६ असारमा प्रेरणाका पक्षमा फैसला सुनाएका थिए।

तर सो फैसलामा ट्रस्टले चित्त बुझाउन सकेकोझ छैन। उसले सर्वोच्चको फैसला विरुद्ध पुनराबलोकनमा जाने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>