देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्चपदस्थ अधिकारीको सुविधाका लागि वार्षिक ३ अर्ब

देशान्तर

काठमाडौं । सरकारी सेवाबाट निवृत्त उच्चपदस्थ अधिकारीका लागि वाषिर्क तीन अर्ब खर्च हुँदै आएको छ ।प्रधानन्यायाधीश, प्रधानसेनापति, संवैधानिक निकायका प्रमुखलगायत पूर्व उच्च पदाधिकारीले राज्यबाट दोहोरो सुविधा लिइरहेकाले यस्तो सेवा सुविधा वितरण प्रणाली न्यायोचित हुनुपर्ने सांसदहरुले बताएका छन् ।

राज्यबाट यस्तो दोहोरो सुविधा लिने ३२ जना पदाधिकारी रहेको र उनीहरुका लागि मात्र वाषिर्क तीन अर्ब खर्च हुने गरेको सांसद रामहरि खतिवडाले बताए । चालु आर्थिक वर्षमा मात्र सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सनका लागि ४१ अर्ब ६ करोड विनियोजन गरेको छ ।

सो रकमसमेत गरी राज्यबाट कर्मचारीले पाउने सेवासुविधाका लागि मात्र झण्डै आधा खर्ब रुपैयाँ खर्च हुँदै आएको देखिन्छ । अभियान दैनिकमा समाचार छ । 

]]>