देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलले भेटे भारतीय विदेश मन्त्री स्वराज र गृहमन्त्री सिंह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बुधबार अपरान्ह भारतीय विदेश मन्त्री सुषमा स्वराज एवं गृह मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । ‘मैले नेपाल–भारतबीच रहिआएको सहज सम्बन्धमा केही महिनायता देखिएको कठीनाइ र नाकाबन्दीका कारण उब्जिएको समस्याबारे अवगत गराएँ,’ दुवै मन्त्रीसँग भेटवार्ता गरेपछि नेता पौडेलले भने– ‘नेपालमा आइपरेको समस्या र सहज आपुर्ती अभावको कठीनाइबारे हामी जानकार छौं, त्यही भएर तदारुकताका साथ यो समस्या सुल्झनुपर्छ भनेर लागेका छौं भनेर उहाँहरुले बचनबद्धता जनाउनुभयो ।’  

हरिद्वारमा पतन्जली योगपीठको २१ औं बार्षिकोत्स्वमा सहभागी भएर दिल्ली उत्रिएका नेता पौडेलले भारतीय नेताहरुसँग नेपाली कांग्रेससहितको राजनीतिक सहमति र सहकार्यमा मधेस आन्दोलनको मागलाई सम्बोधन गर्ने काम भइरहेको तथा केही दिनमै संविधान संशोधनको प्रकृया पूरा हुने जानकारी आफूले गराएको बताए । ‘दशगजामा यताबाट पनि र उताबाट पनि कोही धर्नाकारी भएर बसिरहनु सुहाउँदो कुरा होइन, हामी मधेस आन्दोलनमा उठेका मागलाई सम्बोधन गर्नमा लागेका छौं,’ पौडेलले विदेश मन्त्री स्वराजसमक्ष भनेका थिए( ‘भारतले पनि आपुर्ती सहजीकरण गर्न नाकाबन्दी स्थिति हटाउन तदारुकता देखाइदेओस् भनेर आग्रह गरेको छु ।’  

विदेश मन्त्री स्वराजले झण्डै तीन साताअघि दिल्ली भ्रमणमा आएका परराष्ट्रमन्त्री कमल थापाले आन्तरिक राजनीतिक समस्या हल गर्न तदारुकता रहेको भन्दै छिट्टै संविधान संशोधन प्रकृया टुंगिने र स्थिति सहज हुने प्रतिबद्धता जनाएकोबारे पौडेललाई स्मरण गराएकी थिइन् । विदेशमन्त्रीले नेपालरनेपालीले बेहोर्नुपरेको कष्टबारे भारत सरकार जानकार रहेको बताउँदै छिट्टै सम्बन्ध सहज हुने विश्वास व्यक्त गरेकी थिइन् ।

भेटवार्तामा पौडेलका साथमा पतन्जली योगपीठ, नेपालका ट्रष्टी शालिग्राम सिंह समेत सहभागी थिए । तर, भेटमा दिल्लीस्थित दूतावासका कुटनीतिक प्रतिनिधि भने सहभागी थिएनन् । पौडेलले भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीसँग पनि भेटवार्ता गरेका थिए ।

पौडेलले विदेश मन्त्री स्वराजसँग जनपथस्थित जवाहर भवन र गृहमन्त्री सिंहसँग नर्थ ब्लकस्थित मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।  पौडेलले आफू दुई देशबीचको सम्बन्ध सहजीकारणका निम्ति भारत भ्रमणमा आएको बताउँदै भ्रमणको अन्य राजनीतिक वा पार्टीगत सम्बन्ध नभएको बताए । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>