देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरेन्द्रको बुलेटप्रुफ गाडी अलपत्र

देशान्तर

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो। दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ।

त्यहाँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार। दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा छ न त्यो कारले कसैलाई आकर्षण गर्न।कारका दुवै लुकिङ ग्यास फुटेका छन्। कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंग कालो हो कि खैरै, छुट्याउन गाह्रो पर्छ।  बा १ च १२९४ नम्बरको कारको अठाडिपट्टी नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ मर्सिडिज बेन्ज।

वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ।  नागरिक दैनिकमा समाचार छ।

]]>