देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुधार सकारात्मक वार्ताबाट सम्भवः राजदूत उपाध्याय

देशान्तर

काठमाडौँ। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई सकारात्मक छलफलबाट सुधार गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले भारतले पनि नेपालसँग चिसिएको सम्बन्धलाई सुधार्न चाहेको बताए । 

उनले नेपाल–भारतबीच अहिलेको अवस्थामा सुमधुर सम्बन्धको सम्भावना रहेको यस विषयमा आफू विश्वस्त रहेको प्रष्ट पारे । 

उनले संविधान जारी भएपछि नेपाल नयाँ दिशामा अघि बढ्ने, आर्थिक रुपमा मजबुत हुने विश्वास लिएको बताउँदैँ अहिलेको असहज वातावरणले जनतामा निराशा उत्पन्न गराएको उल्लेख गरे । 

नेपाल–भारत बिपी फाउण्डेसनको बैठकमा सहभागी हुन नेपाल आएका राजदूत उपाध्यायले आफूले भारतका प्रधानमन्त्रीदेखि सबै नेतालाई भेटेर निर्दोष नेपाली जनताले अनाहकमा दुःख पाएकाले नाकाबन्दी नगर्न आग्रह गरेको बताए । 

 

]]>