देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औषधि उपचार खर्चका लागि एक चौताई सांसदको लर्को

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा औषधि उपचारबापत रकम लिने सांसदको लर्को नै लाग्ने गरेको छ । सचिवालयमा औषधि उपचारबापत रकम माग गर्ने सांसदको संख्या कुल संख्याको एक चौथाइभन्दा बढी रहेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनपछि २०७१ वैशाखदेखि २०७२ पुससम्म एक सय ५९ सांसदले संसद सचिवालयबाट उपचार खर्च लिइसकेको सचिवालयले जनाएको छ ।

उनीहरुले उपचार खर्चबापत हालसम्म ५४ लाख ५९ हजार रुपैयाँ लिइसकेका छन् । माग भएमध्ये २५ लाख रुपैयाँ सचिवालयले विचाराधीन अवस्थामा राखेको छ । राजधानी दैनिकमा समाचार छ । 

]]>