देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय एकता आजको आवश्यकताः सिटौला

देशान्तर

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुक अहिले पनि सङ्क्रमणको अवस्थामा रहेकाले राष्ट्रिय एकताका आवश्यकता रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनको पहिलो चरणमा आउन सक्ने जटिलतालाई सहमतिका साथ समाधान गर्न राष्ट्रिय एकता आवश्यक रहेको प्रस्ट पारे । 

महामन्त्री सिटौलाले भूकम्पपछिको पुनःनिर्माण र संविधानको कार्यान्वयन सबैको साझा दायित्व रहेको बताउँदै संविधानको पहिलो चरणको कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्वका लागि स्थानीय निकाय, प्रदेश, राष्ट्रियसभालगायत निर्वाचन हुनु अत्यावश्यक रहेको धारणा प्रकट गरे ।

मधेसी मोर्चासँग सकारात्मक ढङ्गले छलफल भइरहेको जानकारी गराउँदै उनले संविधान संशोधनलगायत सबै विषयको छलफल र निकास दिने माध्यम संसद् नै रहेकाले केही दिनमै परिमार्जनसहित संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गरे । 

काँग्रेसको महाधिवेशनको तिथि कुनै पनि हालतमा सार्न नसकिने जानकारी गराउँदै महामन्त्री सिटौलाले १३औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको सम्भावना रहेको बताए ।

]]>