देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाम मात्रै अधिकार छैन महानगरीय प्रहरीलाई

देशान्तर

काठमाडौं । सरकारले उपत्यका प्रहरीलाई महानगरीय अवधारणा  अनुरुप महानगरीय प्रहरी बनाएको भएपनि अधिकार नदिँदा अलपत्र अवस्थामा काम गर्न बाध्य भएको छ। १० वर्षअघि सरकारले महानगरीय प्रहरीका रुपमा विकास गरेपनि अर्धन्यायिक अधिकार नदिँदा नाम र लोगो परिवर्तन भएपनि काम तीन जिल्ला प्रहरी कार्यालयलाई नेतृत्व गर्नमै सीमति हुन पुगेको हो।

‘नाम दिइयो, काम गर्न अधिकार दिँदै दिइएन, नाम मात्रको महानगरीय प्रहरी भएका कारण राजधानीबासीलाई सोचेजस्तो सेवा र सुविधा दिन सकिएको छैन, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतापसिंह थापाले भने, ‘अन्य मुुलुकमा महानगरीय प्रहरीलाई न्यायिक अधिकार दिएका कारण उसले आफ्नो सहरको शान्ति सुरक्षामा कुनै कमी आउन दिएको छैन

तर हामी कहाँ भने अधिकारबिहीन महानगरीय प्रहरी छ, तैपनि राजधानीको सुरक्षामा कुनै कमी आउन दिएका छैनौँ।’ राजधानी दैनिकमा समाचार छ।
 

]]>