देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारप्रति एमालेको गम्भीर आशंका

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपा एमालेले अद्यितयार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आशंका व्यक्त गरेको छ ।

२ दिनसम्म चितवनमा चलेको विशेष राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सिंगो मुलुक राष्ट्रिय स्वाभिमानको पक्षामा दृढतापूर्वक उभिरहेको र पार्टीले यस अभियानको अगुवाइ  गरिरहेको विशेष परिस्थितिमा अगाडि बढाइएको यो विषयले गम्भीर आशंका पैदा गरेको छ ।’

‘राज्यका कुनै पनि निकायद्वारा कानुनसम्मत् ढङ्गले गरिने अनुसन्धानलाई सघाउन पार्टी सदैव तयार रहेको,’ एमालेले भनेको छ, ‘तर  पूर्वाग्रही ढङ्गले र प्रतिशोध साधन गर्ने हिसाबले गरिने कुनै पनि गतिविधि भने अनुचित हुने कुराप्रति सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

]]>