देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चालाई भारतको सुझाव

देशान्तर

काठमाडौं । भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्‍याएका छन्। मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नभएको पनि बताए।

भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएका थिए। डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए। नेपाल सरकारले संसद्मा पेस गर्ने भनेको संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य छ कि छैन भनी उनले मोर्चाका नेतालाई सोधेका थिए।

प्रत्युत्तरमा मोर्चाका नेता महन्थ ठाकुरले सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संशोधन प्रस्तावमा आफूहरू सहमत नभएको बताएका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>