देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजी कम्पनीले इन्धन ल्याउन सकेनन्

देशान्तर

काठमाडौ। सरकारले इन्धन आपूर्तिको इजाजत निजी क्षेत्रलाई दिए पनि अहिलेसम्म कसैले ल्याउन सकेका छैनन् । सरकारले एक महिनाअघि खुला गरे पनि १६ निजी कम्पनीरसंस्थाले इन्धन आयातको इजाजत पाएका छन । तर अपूर्ति असहजताले गर्दा कसैले पनि ल्याउन सकेका छैनन् ।

‘इन्धन आयातको अनुमति दिएका कम्पनीले एकमहिना वित्दा पनि ल्याउन सकेका छैनन्,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने । ती कम्पनी र संस्थाहरुलाई ६ महिनाका लागि इजाजत दिइएका हो । विभागका अनुसार आयात इजाजतका लागि छुट्टै कम्पनी हुनुपर्छ ।

कम्पनीको उद्देश्य इन्धन आयात गर्नकै लागि हुनु पर्ने छ । विभागका इजाजत पाउने कम्पनीले सबै प्रकारको इन्धन पेट्रोल, डिजेल, हवाई इन्धन, एलपी ग्यास ल्याउने प्रस्ताव गरेका छन् । ती कम्पनीहरुले भारत र चीनबाट इन्धन ल्याउने प्रतिबद्धता जनाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>