देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी राजमार्गमा बस चलाउन नपाइने

देशान्तर

काठमाडौं । सरकारले बीपी राजमार्गमा अनधिकृत रुपमा सञ्चालन भइरहेको ठूला बस रोक्ने भएको छ । यो राजमार्गमा १६ सिटभन्दा बढीका सवारी गुड्न पाउने छैनन् । जापान सरकारको सहयोगमा निर्मित बनेपा–खुर्कोट–बर्दिबास सडकमा यातायात व्यवस्था विभागले एक सय ३० वटा १६ सिटे माइक्रो र दुई सय जिपलाई मात्रै सञ्चालन अनुमति दिएको छ ।

जापानले औपचारिक रुपमा नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको एक वर्षपछि यो सडकमा रुट पर्मिट दिइएको हो । यो व्यवस्थासँगै तराई तथा मध्यपहाडी क्षेत्रबाट काठमाडौं आवतजावत गर्ने बस प्रभावित हुनेछन् । यो रुटमा अरनिको यातायात, हिमाल यातायातले ठूला बस चलाउँदै आएका छन् ।

यी बसले रुट पर्मिट नलिई पटकृे अनुमतिका आधारमा सेवा दिँदै आए पनि अब गुड्न पाउने छैनन् । कारोवार दैनिकमा समाचार छ । 

]]>