देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदीले मानेन् मोर्चाका नेतासंग भेट्न

देशान्तर

काठमाडौं । मधेसी मोर्चाका नेताहरूको भारतीय प्रधानमन्त्री मोदीसँग भेटको प्रयास सफल भएन । तर, बुधबार भाजपाका महासचिव राममाधवसँग उनीहरूले भेट गरे ।

यसअघि परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग भेटेका थिए । ‘मोदीजीसँग भेट भएन, हामीले जहाँ राख्नुपर्ने थियो त्यहाँ कुरा राखेका छौँ,’ नेता राजेन्द्र  महतोले भने । नेपालका लागि एक पूर्वराजदूतले मधेस आन्दोलन र नाकाबन्दीको स्वामित्व भारतले औपचारिक रूपमा नै लिएको बताए । उनले भने, ‘मधेसी नेताहरूको भ्रमण गराएर भारतले नेपाल सरकारलाई दिन खोजेको सन्देश यही नै हो ।’

सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने वार्ताबाट समाधान निकाल्नुपर्ने सन्देश दिल्लीले दिएको र यो आफ्ना लागि नयाँ नभएको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 

]]>