देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईमा खोप कार्यक्रम प्रभावित

देशान्तर

काठमाडौं । तराई–मधेसमा जारी आन्दोलनका कारण ती क्षेत्रका बालिबालिकाले लगाउनुपर्ने नियमित खोप सेवा प्रभावित भएको छ । आन्दोलनका कारण स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले पठाएका खोप क्षेत्रीय गोदाममा थन्किएका छन् । पूर्वका लागि पठाइएका खोप पथलैया र पश्चिमका लागि पठाइएका औषधि तथा खोप नेपालगन्ज गोदाममा अड्किएका छन् ।

केही जिल्लाले मोटरसाइकलमा औषधि ल्याए पनि स्वास्थ्य चौकीसम्म पठाउन सकेका छैनन् । खोप पुगेका कतिपय ठाउँमा स्वास्थ्य कार्यकर्ता नहुने र भएका ठाउँमा बालबालिकासम्म पुर्‍याउन सकिएको छैन । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले खोप सेवा कार्यक्रम प्रभावित भएको बताएका छन् । ‘अलि–अलि काम भएकै छ, तर अवस्था त्यस्तै छ। खोप पुगेका ठाउँमा खोप लगाउने व्यक्ति पुर्‍याइएको छैन ।

पुगेको ठाउँमा खोप पुगेको छैन भन्ने खबर आएको छ,’ उनले भने । आपूर्ति व्यवस्था विभागका निर्देशक डा. भीमसिंह टिंकरीले औषधि तथा खोप गोदामसम्म पुगेको, तर सबै जिल्लामा पुर्‍याउन सहज नभएको बताए । नयाँ  पत्रिका दैनिकमा समाचार छ । 

 

]]>