देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिरामी पर्न थाले भूकम्पपीडित विद्यालयका विद्याथी, पढाई प्रभावित

देशान्तर

भक्तपुर । भूकम्पले विद्यालय भवन भत्काएर मान्द्रोले बेरेको अस्थायी टहरामा पढ्दै आएका भूकम्पपीडित विद्यालयका विद्यार्थी अत्यधिक जाडोका कारण बिरामी पर्न थालेका छन् । 

मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा बसेर बिहान र दिउँसो अध्ययन गर्ने विद्यार्थी जाडोले कठाङ्ग्रिदै पढ्न बाध्य भएपछि बिरामी पर्न थालेका हुन् । बढ्दो जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि भूकम्पपीडित विद्यालयमा पढाइ पनि प्रभावित भएको छ । 

जिल्लाको पहिलो र देशकै चौँथो विद्यालयको रुपमा रहेको भक्तपुरको दरबार क्षेत्र श्री पद्म उच्च माध्यामिक विद्यालयका प्राचार्य राम हाडाले अस्थायी सिकाइ केन्द्र अर्थात ‘टिएलसी’मा विद्यार्थीले निकै सकसपूर्ण रुपमा पढ्न बाध्य भएको बताए । 

सन् २००४ मा स्थापना भई १९०० विद्यार्थी अध्यनरत यस विद्यालयको राणाकालीन शैलीमा बनेको मुल भवन नै भूकम्पले पूर्णरुपमा भत्काएपछि विद्यार्थी टिएससीमा बसेर अध्ययन गर्न बाध्य छन् । 
यता भक्तपुर नगरपालिकाभित्रै रहेको विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालयको हालत पनि उस्तै रहेको विद्यालयकी प्राचार्य सिर्जनी जोशीले बताए । 

यता भूकम्पले पूर्णरुपमा भवन क्षति भएको भक्तपुर नगरपालिकाक्षेत्र कै सारदा उमाविको अवस्था पनि उस्तै नै छ । विद्यालयको सिङ्गो भवन भूकम्पले भग्नावशेषमा परिणत गरेपनि यहाँ पढ्ने विद्यार्थीका लागि टिएलसी एक मात्रै विकल्प बनेको हो । 

]]>