देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आकाशमुनि गाउँ परिषद्, ओडारमा योजना तर्जुमा गोष्ठी

देशान्तर

जुम्ला। यस वर्ष पनि जुम्लाको मालिकाठाँटा गाविसले आकाशमुनि आफ्नो २४औँ गाउँ परिषद् सम्पन्न गरेको छ । 

वर्षौंदेखि जग्गा र भवनबिना मालिकाठाँटा गाविसले चौरमा परिषद् सम्पन्न गर्दै आएको छ । यो गाविसले सार्वजनिक चौरमा परिषद् र योजना तर्जुमा गोष्ठी मानेचौर ओडारमा सम्पन्न गरेको गाविस सचिव युवराज न्यौपानेले जानकारी दिए । 

सचिव न्यौपानेका अनुसार भवनका लागि जग्गाको पहल गर्न स्थानीयस्तरदेखि जिल्लास्तरसम्मका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिसँगको बैठक गरिएको थियो । कुनै पनि पनि प्रगति हुन सकेन । 

भवन अभावले अहिले पनि उक्त गाविसमा कार्यरत सचिव, मुखियासहितका कर्मचारीलाई निकै गाह्रो भएको छ । खुला आकाशको ओत लिई सेवा दिइरहेको समयमा पानी पर्दा, हावाहुरी चल्दा, सिरेटो जाडो बग्दा र हिमपात हुँदा ओडारमा सुरक्षा लिन जाने गरेको गाविसले जनाएको छ । कर्मचारीलाई बसेर सहज सेवा दिने व्यवस्था नभएपछि स्थानीय जनतालाई दिने सेवा पनि प्रभावित हुने गरिएको छ ।

]]>