देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिपक्षीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एक दुई दिनमा नै सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच एक दुई दिनमा नै त्रिपक्षीय बैठक बोलाउने भएका छन् ।  शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको एमाओवादी अध्यक्ष पुस्पकमल दाहालले मुलुक अत्यन्त  गंभिर र संकटपूर्ण अवस्थामा पुगेकोले एक दुई दिन  भित्रमै त्रिपक्षीय बैठक बोलाउन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए ।  

उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष समेत रहेका दाहालले अहिलेको संकट समाधानका लागि सत्ता पक्ष , प्रमुख प्रतिपक्ष र मधेशमा आन्दोलनरत दलहरुबीच बैठक अपरिहार्य रहेकोमा जोड दिएका थिए । एकसाता लामो छलफल र भेटघाट नभएका प्रमुख दलका शिर्ष नेताहरुले शनिबारबाट छलफललाई तिब्र बनाएका छन् । शनिबार साँझ प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाबीच अलग अलग छलफल भएको छ। गत साता मात्र सर्बदलीय बैठक राखेका प्रधानमन्त्री ओलीले त्यपछि भने भेटघाट र औपचारिक कार्यक्रममा ब्यस्त भएका थिए ।  

गत साता प्रधानमन्त्रीको पहलमा सत्तासिन दलहरुबीच छलफल भएको थियो । छलफलमा संसदमा दर्ता भएको संविधान संशोधनका बिषयमा पहिले मधेशी मोर्चासग कुरा भएपछि त्यसलाई अगाडि बढाउने सहमति भएको थियो । तर मधेशी मोर्चासगको छलफलमा पनि सहमति हुन नसकेपछि अहिले कुनै छलफल भएको छैन । उपचारका लागि बिदेश गएका प्रमुख प्रतिपक्षदलका नेता नेपाली कांग्रेसका सभापति शुशिल कोइराला स्वदेश फर्केपछि भएको छलफलमा जुटेका छन् । कोइरालासग पनि प्रधानमन्त्रीको संवाद भएको छैन ।  नेपाली कांग्रेसले संसदमा आफुले राखेको संशोधनको प्रस्ताव अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ । तर त्यसलाई मोर्चा सग छलफल नगरी अगाडि बढाउदा निरर्थक हुने भन्दै नेताहरु मोर्चासग छलफल पछि मात्र त्यसलाई अगाडि बढाउनेमा सहमत भएका थिए ।  तराईबाट प्रतिनिधित्व गर्ने एमालेका सांसदले समेत मधेशी मोर्चासग वार्ता थाल्न र समस्याको समाधान खोज्न माग गर्दै यसै साता प्रधानमन्त्रीलाई दवाव दिएका छन।  उनीहरुले मेधशी आन्दोलनका कारण आफुहरु निर्वाचन क्षेत्र र घर जान समेत कठिन भएको भन्दै लिखित रुमा नै यस्तो दवाव दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लहकार प्रमोद दाहालले प्रधानमन्त्रीले अनौपचारिक रुपमा बिभिन्न दलका नेताहरुसग छलफल अगाडि बढाई रहेको जानकारी दिए । उनले भने‘ ‘सबै छलफल औपचारिक हुदैनन, केही न केही कुरा अगाडि बढिरहेको छ  ।’

प्रधानमन्त्री निवास बालुवाटारमा करिव तीन घण्टा लामो छलफलमा मधेश आन्दोलन लगायतका बिषयमा छलफल भएकोछ। दुई नेताहरुबीच हाल भारतको अघोषित नाकावन्दी र त्यसले नेपालमा पारेको असरका बिषयमा छलफल भएको थियो । त्यसैगरी नाकावन्दीबाट उपत्यका लगायत देशका बिभिन्न भागमा भएको भएको उपभोग्य सामग्रीको अभावका बिषयमा पनि छलफल भएको थियो ।

शनिबारै सभापति कोइरालाले प्रधानमन्त्री ओलीलाई शनिवारै टेलिफोन वार्ता गरेका छन । कोइरालाले यस अघि नेपाली कांग्रेसले संसदमा दर्ता गरेको २ बूँदे संविधान शंसोधन प्रस्तावलाई तत्काल अगाडि बढाउन आग्रह गरेको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जाकनारी दिए । अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>