देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्कुल निर्माणमा जनसम्पर्क समिति अमेरिकाद्धारा ३० हजार डलर

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरीकाले भुकम्पबाट क्षति ग्रस्त बिध्यालयको निर्माणका लागि ३०००० डलर संकलन गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरीकाको वेस्ट टेक्सास च्याप्टरको आयोजनामा भूकम्पबाट भत्किएको स्कुल को निर्माणको सहयोगका लागी रकम संकलन साथै ‘नेपालको संबिधान अवसर र चुनौति’ बिषयक गोष्ठी  डॉलसमा सम्पन्न भएको छ ।

 नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव सांसद दिपक गिरीको प्रमुख आतित्थमा डॉलसको वोस्टिन होटलमा भएको उक्त कार्यक्रममा भुकम्पबाट क्षति ग्रस्त बिध्यालयको निर्माणमा जनसम्पर्क समिति अमेरिकाले १५००० डलर र टेक्सासले १५००० गरि ३०००० डलरको लागतमा भवन निर्माण गरिने छ ।  

डॉलस च्याटरका सभापति श्री हरिबोल भण्डारी को सभापतित्व भएको उक्त कार्यक्रममा जनसम्पर्क समितिका सभापति आन्न्द बिष्ट बरिष्ट उपासभापति धन्नजय नरसिंग के सि महासचिव मुनेन्द्र नेम्वाड्ग उपसभापति भगवान मैनाली ,सि पि पौडेल सदस्य प्रमोद सिटौला , ओम भट्टराई एनआरएन एनसिसिका  सभापति डा केशब पौडेल NST का सभापति भुवन आचार्य ले सम्बोधन गरेका थिए । 

]]>