देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाको सहयोग लिन सरकार असफल

देशान्तर

काठमाडौं । सरकार तराइ मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनलाई सेनाको सहयोग लिन असफल भएको छ ।

मंसिर ६ को केन्द्रीय सुरक्षा समिति बैठकले गृहमातहतका सुरक्षा संगठन परिचालित भएको ३ दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने रणनीति बनाएको थियो । एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको एक साता बित्दासमेत राजमार्ग र नाकाको अवस्था उस्तै छ ।

वार्तामार्फत मधेस समस्या समाधान गर्नुपर्ने सैनिक नेतृत्वको धारणा, सेना परिचालन प्रक्रियामा मतान्तर, सेना परिचालन भए वार्ता भंग गर्ने मोर्चाको चेतावनी, सेना परिचालन भए अवस्था विग्रने भारतीय राजदूतको सार्वजनिक टिप्पणी र विपक्षी दल कांग्रेसको असहमतिका कारण सरकारले आफैँले पारित गरेको रणनीति कार्यान्वयन गर्न सकेको छैन् ।  नागरिक दैनिकमा समाचार छ ।

]]>