देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ वर्षपछि थपियो ठूलो बिधुत आयोजना

देशान्तर

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन शुरू गरेको छ ।

६० मेगावाट क्षमताको उक्त आयोजनाको दोस्रो युनिटले पनि शनिवारबाट पूर्ण क्षमतामा उत्पादन थालेपछि आयोजना पूर्ण रूपमा सम्पन्न भएको हो ।

यससँगै ११ वर्षपछि राष्ट्रिय प्रशारण लाइनमा ठूलो क्षमताको विद्युत् थपिएको छ । २०६५ सालमा ७० मेगावाटको मध्यमर्स्याङ्दी विद्युत् आयोजना थपिएयताकै यो ठूलो क्षमताको विद्युत् आयोजना हो ।

आयोजनाको पहिलो युनिटबाट भने गत जेठ २ गतेदेखि नै विद्युत् उत्पादन शुरू भएको थिय ।

परीक्षण समेत सफल भएर दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ ।

आयोजना काठमाडौं नजिक रहेको र हिउँदमा समेत ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले सुख्खायाममा भारतबाट आयात गर्नुपर्ने विद्युत्को परिमाण घट्ने प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

आयोजना नुवाकोट र रसुवाको सिमानामा पर्छ ।