देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्छ : पौडेल

देशान्तर

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याइएका विधेयकहरुको कांग्रेसले कडा प्रतिवाद गर्ने बताएका हुन् ।

यस्तै पौडेलले संविधानले दिएको अधिकारलाई कुन्ठित गरेर ल्याइएको विधेयकले लोकतन्त्रको उपहास गरेकाले त्यसकाविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

लोकतन्त्रमाथि चौतर्फी प्रहार भएकाले त्यसको रक्षाका लागि सबै एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो ।