देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारुढ नेकपाद्धारा केन्द्रीय स्तरको एकीकरणको काम सम्पन्न,अनुशासन आयोग अध्यक्षमा बोहोरा

देशान्तर

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओबादी एकिकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय स्तरको एकीकरणको काम सम्पन्न गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले एकिकरणका बाँकि काम टुंग्याएको हो । बैठकले यसअघि बाँकी रहेका केही आयोगहरुको नेतृत्व आज चयन गरेको हो ।

एमाले र माओवादीबीच ०७५ जेठ ३ गते एकीकरण हुँदा तीन महिनामा सम्पूर्ण सांगठनिक एकता गरिसक्ने भनिएपनि १ बर्ष ५ महिनापछि एकिकरणले पुर्णता पाएको हो । नेकपाले अनुशासनको आयोगका अध्यक्ष अमृत बोहरा, सचिव अशोक रोकाय तथा निर्वाचन आयोगको अध्यक्ष विष्णुपुकार श्रेष्ठ, र सचिव माधव पौडेललाई चयन गरेको छ ।

यस्तै लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेल, सचिव टेकनाथ आचार्य तथा सल्लाहकार कमिटीका अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरेको छ ।

यसैबिच नेकपाले जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं, सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ भने प्रवास कमिटी भने नबनाउने बताएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ’प्रवासका नेपालीहरुको सन्दर्भमा जिम्मेवारीहरुको बारेमा छलफल गरिरहेको जनाइएको छ ।