देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वुमन्स लिग क्रिकेट : विराटनगर र पोखरा तथा चितवन र ललितपुरबीच प्रतिस्पर्धा

देशान्तर

काठमाण्डाै .  जारी वुमन्स लिग क्रिकेट (डब्लूसील)मा शुक्रबार पनि २ वटा खेल हुने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे विराटनगर टाइटन्स र पोखरा पल्टन खेल्नेछन् ।

जारी प्रतियोगितामा विराटनगर टाइटन्सले एक खेल जितेको छ भने पोखरा पहिलो खेलमा पराजित भएको थियो । विराटनगर अपराजित यात्रा कायम राख्ने दाउमा हुँदा पोखरा पहिलो जितको खोजिमा हुने छ ।

यसअघिको खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई पराजित गरेको थियो । पोखरा भने क्याट क्वीन्स काठमाण्डाैसँग स्तब्ध भएको थियो ।

यस्तै, शुक्रबार दिउँसो साढे १ बजे चितवन राइनोज र ललितपुर फाल्कोन्स आमने–सामने हुनेछन् । चितवन राइनोजले पहिलो खेल जितेको थियो भने ललितपुर पराजित भएको थियो ।