देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटारमा सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक

देशान्तर

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नेतृत्व चयन लगायतका द्वन्द्वकालिन मुद्दाको छिनोफानो गर्न सत्त पक्ष र प्रतिपक्ष दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

दुवै आयोगको नेतृत्व चयन हुन नसक्दा द्वन्द्वकालिन मुद्दाको निरुपण हुन सकिरहेको छैन। आयोगलाई नेतृत्व प्रदान गर्नेदेखी अन्य बिवादका बिषय टुंग्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी दल कांग्रेस नेता शेरबहादुर देउवा बालुवाटारमा छलफलमा छन्।

‘सत्यनिरुपण र मेलमिलाप आयोगको नेतृत्व चयन गर्नेदेखी कामकारबाही अघि बढाउने बारे छलफल केन्द्रित छ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री अजरबैजान जानु अघि नै कम्तिमा नेतृत्व चयन होस भन्ने चाहानाका साथ उक्त बैठक बोलाउनु भएको हो।’

प्रधानमन्त्री ओली आजै असलंग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्दैछन्।

उक्त बैठकमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ र उर्जा मन्त्री बर्षमान पुन पनि उपस्थित छन्।