देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको कार्यदलले तयार पार्‍यो एमसीसी प्रतिवेदन 

देशान्तर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा ले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ ।

शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलका सदस्य रावलले प्रतिवेदन तयार भएको जानकारी दिए । सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ ,उनले भने । प्रतिवेदनमा के कस्ता सुझाव छन् भन्नेबारे उनले खुलाएनन् । त्यो प्रतिवेदन पार्टीलाई बुझाइने हो,उनले भने, अहिले भनिहाल्न उचित होइन ।नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।