देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीको स्वास्थ्य जटिल बन्दै, समर्थकद्वारा सरकारी सवारी साधनमा रोक

देशान्तर

डडेल्धुरा  – चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो।

उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ। अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा। केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए। डा। केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर, स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ।