देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस उमेदवार भँडेललाई मातृ शोक 

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचनमा लडिरहेका भक्तपुरका उमेदवार कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर–१ ‘क’ बाट कांग्रेसका उमेदवार रहेका भँडेलकी आमा सेतीमाया भँडेलको आइतबार बिहान निधन भएको छ ।

नेता भँडेलकी आमा सेतीमायाको उपचारको क्रममा आइतबार बिहान मध्यपुर थिमी अस्पतालमा निधन भएको कांग्रेस भक्तपुरले जनाएको छ । उमेदवार भँडेलकी आमाको निधनको शोकमा कांग्रेस भक्तपुरको प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आइतबार तय गरेको चुनावी घरदैलो कार्यक्रम स्थगित गरेको छ । क्षेत्रीय समितिले आइतबार चागुनारायण नगरपालिका–७ बागेश्वरीमा चुनावी घरदैलो कार्यक्रम तय गरेको थियो ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आजको निर्धारित चुनावी घरदैलो कार्यक्रम अर्को सूचना प्रकाशित नहुन जेलसम्मका लागि स्थगित गरेको छ,” कांग्रेस भक्तपुरको सामाजिक सञ्जाल फेसबुक अकाउन्टमा भनिएको छ ।