October 19, 2021, Tuesday
२०७८ कार्तिक ३
ताजा अपडेट

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५३१ कैदीलाई माफी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जनालाई माफी भएको छ। नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदौ २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई माफी भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधानअनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी भएको छ।’

Advertisement

यस्तै, संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं। ०७६(ध्इ(०९३९ को मुद्दामा साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ९कैदकट्टा० नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को भदौं २९ गतेको सिफारिसमा संविधान दिवसको अवसरमा असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •