देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी गठबन्धनले भन्यो- प्रधानमन्त्रीका कारण देश गम्भीर संटकतर्फ

देशान्तर

काठमाडाैं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश गम्भीर संटकतर्फ धकेलिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य निकालेर प्रधानमन्त्री ओलीका क्रियाकलापले देश संकटतर्फ धकेलिएको बताएका हुन् ।

प्रधानमन्त्री र सरकारले संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो  अपनाएको र यसले देशलाई गम्भीर संकटतर्फ धकेलेको विपक्षी गठबन्धनको ठहर छ । प्रधानमन्त्री ओलीका कारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा उत्पन्न भएको र देश नै गम्भीर संकटतर्फ धकेलिएको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनले प्रधानमन्त्री ओलीले राज्य संयन्त्रलाई निष्पक्षरुपमा काम गर्न नदिएको आरोप पनि लगाएको छ ।विज्ञप्तिमा स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको तथा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्ष रुपमा काम नगरी कानुन र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय भएको दाबी पनि गरिएको छ । विज्ञप्तिमा भनिएको छ‚ ‘यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्‍याउँछ। यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको सर्वोपरी हित, संविधान, लोकतन्त्र र कानुनी शासनको संरक्षण र सम्बर्द्धनको लागि आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हामी सम्पूर्ण जिम्मेवार राजनीतिक दल, नेता, कार्यकर्ता तथा विभिन्न तह, वर्ग, समुदाय र पेशाका जनमुदायमा हार्दिक आह्वान गर्दछौं ।’ विज्ञप्ति