देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकको बाढीमा ६ विदेशीसहित १९ जना अझै बेपत्ता

देशान्तर

काठमाडौ – सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन्। बेपत्ताहरूमध्ये तीन चिनियाँ नागरिक, तीन भारतीय नागरिक रहेका छन् भने १४ जना नेपाली नागरिक सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

हालसम्म एक चिनियाँसहित दुईजनाको शव फेला परेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीका माया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन्।

यस्तै, त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशम लाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमल लोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले
जानकारी दिए। उनका अनुसार गोङ टियान छियो भने मृत फेला परेका छन्। सम्पर्कविहीन भएकाहरुको खोजीकार्य जारी रहेको छ।