देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

देशान्तर

नेपालगन्ज – कोरोना संक्रमितको संख्या बढेपछि वैशाख ९ गतेदेखि लकडाउन गरिने भएको छ। मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।

संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमीले जनाएको छ। संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ।