देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिलाई बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ३० गतेलाई सर्‍यो

देशान्तर

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका हुन् ।

यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरका गठनको पहल गर्ने निर्णय गरेको थियो ।