देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले लगाए कोरोनाविरुद्धको खोप

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सभापति देउवाले आज अपराहन्न मिनभवनस्थित निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

फागुन २३ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अघि संसद सचिवालयले आजदेख संघीय संसदका दुवै सदनका सांसदहरुलाई खोप लगाउने व्यवस्था गरेको छ ।

सभापति देउवाले खोप लगाएपछि भनेका छन् – 

‘आज मैले पनि निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाए । आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु । महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछु ।’