देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युभेन्टसले सिरि ए मा अंक बाँड्याे

देशान्तर

इटालियन सिरि ए फुटबलमा युभेन्टसले एक अंक जोडेको छ ।  शनिबार राति भएको खेलमा हेल्स भेरोनासँग युभेन्टसले एक एक गोलको बराबरी खेल्दै दुवै टिमले एक एक अंक लिएका हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टिमले एक एक गोल दोस्रो हाफमा गरेका हुन् । ४९ औं मिनेटमा पाहुना टोली युभेन्टसले क्रिष्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो ।

तर, ७७ औं मिनेटमा एन्टोनी बाराकले गोल गरेपछि हेल्सले बराबरी गर्न सफल भयो । यो नतिजासँगै तेस्रो स्थानमा रहेको युभेन्टसले ४६ अंक बनाएको छ भने हेल्स ३५ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।
सिरि ए अन्तर्गतकै अर्को खेलमा बोल्गानाले लाजियोमाथि २–० गोलको जीत दर्ता गरेको छ ।

१९ औं मिनेटमा इब्राहिम मेबेले गोल गर्दै बोल्गानालाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा निकोला सेनसोनले गोल गरेपछि २–० को जीत दर्ता गर्न सफल भयो ।

बिजयी भएको बोल्गाना २८ अंकका साथ ११ औं स्थानमा रहँदा पराजित भएको लाजियो ४३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । अर्को खेलमा स्पेजिया र पर्माले भने दुई दुई गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् ।
इटालियन सिरि ए मा इन्टर मिलान ५३ अंकका साथ शीर्ष स्थानमा रहँदा एसी मिलान ४९ अंकसहित दोस्रो स्थानमा छ ।