देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा ११२ संक्रमित थपिए, ५४ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ। गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ४ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७१ पुगेको छ। हाल ७१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ५४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।