देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित

देशान्तर

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति चेल्सी र बायर्न म्युनिख विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा मंगलबार राति चेल्सी १–० ले विजयी भयो।

स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्न चेल्सीका ओलिभर जिरुले निर्णायक गोल गरे । फ्रेन्च खेलाडी जिरुले ६८ औं मिनेटमा गोल गर्दै दोस्रो लेगको खेलपूर्व चेल्सीलाई अग्रता दिएका हुन् ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार राति दुई खेल हुनेछन् । स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टासँग खेल्दा जर्मनीको बोरुसिया एम्ब्याच र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी आमने सामने हुने छन् ।