देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक चेकिङ छल्न खोज्दा ललितपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

देशान्तर

काठमाडौं । ललितपुरमा ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३ -०२–०१० प ५५ – ८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

मृतकको पहिचान खुलेको छैन । घटना हुनुमा ट्राफिक प्रहरीको कमजोरी नभएको एसएसपी भट्टराईले दाबी गरे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ ।