देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीमतीको उजुरीमा हिरासतमा थुनिएका व्यक्तिको मृत्यु

देशान्तर

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका– ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहले जानकारी दिए ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो । आईतबार राति २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।

उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने बताएका छन् ।