देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिलालाई राजनीतिक प्रशिक्षण आवश्यक छ : डिला सङ्ग्रौला

देशान्तर

बझाङ । नेपाली काँग्रेसकी नेतृ डा डिला सङ्ग्रौलाले सामाजिक कुरीति मूल्यमान्यता र लैङ्गिक विभेदका कारण ग्रामीण भेगका महिलालाई राजनीतिमा होमिन बाधा अवरोध भएकाले अगाडि बढाउन राजनीतिक प्रशिक्षणको आवश्यकता भएको बताएकी छिन् ।

नेपालको संविधानका साथै पार्टीका विधानले महिला सहभागितालाई जोड दिएको उल्लेख गर्दै उनले शहरबजार क्षेत्रमा केही महिला राजनीतिमा लागेका भए पनि ग्रामीण भेगका महिला अझै राजनीतिमा लाग्न नसकेको बताइन् ।

सदरमुकाम चैनपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महिलालाई उच्च मनोबलका साथ राजनीतिमा लाग्न समेत आग्रह गरिन् । उनले हाल राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान भए पनि आफूले ५० प्रतिशत सहभागिताका लागि लागिपरेको समेत बताइन् ।