देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडाैंकाे तापक्रम कति ?

देशान्तर

आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ। काठमाडौंको मौसम पनि आज सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ ।