देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ५७४ जनाको पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ। मंगलबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय २२ जना क्वारेन्टाइनमा छन्।