देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा २६६ संक्रमित थपिए, ४ सय जना डिस्चार्ज

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ। आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय २१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल २ सय ७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।