देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सल्यानमा बस दुर्घटना, २२ घाइतेमध्ये ६ को अवस्था गम्भीर

देशान्तर

काठमाडौं । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना४ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो ।

बस करिब साढे ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

घाइते २२ मध्ये ६ जनाको अवस्था गम्भीर भएको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको यादवले जानकारी दिए । घाइतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय राकेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिएको उनको भनाइ छ ।