देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

देशान्तर

काठमाडौं – मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय पुगेको छ । सोमबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी तोलाको ११ सय २० रुपैयाँमा कारोबार भएको थियो ।