देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिङदेन भन्छन्- हिनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गरेका छन् ।

अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लागेका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गरेका छन् ।

लिङदेनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।