देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवल कोरोना विशेष अस्पतालमा २ जनाको निधन

देशान्तर

बुटवल –  लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको गएराति निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ९ गते कोरोना पुष्टि भएका कपिलवस्तु- २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको र मंसिर ५ गते कोरोनाको कारण भर्ना भएका बुटवल उपमहानगरपालिका- ७ का ४२ वर्षीय तथा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहेर डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।